PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

प्रधानमन्त्री एक दिवसीय राष्ट्रिय क्रिकेटको उपाधि पुलिसले जित्यो



पहिलोपोस्ट

प्रधानमन्त्री एक दिवसीय राष्ट्रिय क्रिकेटको उपाधि पुलिसले जित्यो

काठमाडौः तेस्रो प्रधानमन्त्री एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोतामा नेपाल पुलिसले त्रिभुवन आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि बिजेता बनेको छ।

शनिवार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा पुलिसले १२६ रनको लक्ष्य ४१ ओभरमा ६ विकेट गुमाउँदै पुरा गरेको थियो। पुलिसको लागि अमित श्रेष्ठले ४४ र सुनिल धमलाले ४२ रनको योगदान दिए।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालीको सहकार्यमा भएको उक्त प्रतियोगिताको विजेता टोलीले रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell