PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

प्रधानमन्त्री कप क्रिकेट: ललित राजवंशीलाई म्यान अफ दि सिरिजसहित ३ अवार्ड, बाइक भने पाएनन्



पहिलोपोस्ट

प्रधानमन्त्री कप क्रिकेट: ललित राजवंशीलाई म्यान अफ दि सिरिजसहित ३ अवार्ड, बाइक भने पाएनन्

काठमाडौं : तेस्रो प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिसले जितेको छ।

शनिवार भएको विभागीय डर्बी फाइनलमा त्रिभुवन आर्मीलाई ४ विकेटले पराजित गर्दै पुलिसले पहिलो पटक एकल रुपमा ट्रफी जितेको हो।

पुलिसलाई च्याम्पियन बनाउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका बलर ललित नारायण राजवंशी म्यान अफ दि सिरिज घोषित भए।

यस्तै, फाइनल खेलमा ४ विकेट लिएका ललित नै फाइनल खेलको म्यान अफ दि म्याच पनि भए। साथै प्रतियोगिताभर २० विकेट लिएका राजवंशी बेस्ट बलर समेत घोषित भए।

प्रतियोगिताअघि म्यान अफ दि सिरिजलाई मोटरसाइकल पुरस्कार प्रदान गर्ने भनिएको थियो। यस्तै बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई समान ५० हजार दिने भनिएको थियो। तर पुरस्कार वितरण गर्दा भने म्यान अफ दि सिरिजलाई ५० हजार मात्र दिइयो। यस्तै बेस्ट बलर र ब्याट्सम्यानलाई समान ३० हजार प्रदान गरियो।

फाइनल खेलको म्यान अफ दि म्याच बने वापत ललितले ५ हजार पनि पाए। उनले कूल ८५ हजार प्राप्त गरे।

प्रतियोगितामा सर्वाधिक २६१ रन बनाएका आर्मीका विकेटकिपर ब्याट्सम्यान राजु रिजाल बेस्ट ब्याट्सम्यान घोषित भए। उनले ३ अर्धशतक समेत प्रहार गरेका थिए।

यसैगरी सुदूरपश्चिमका युवा ब्याट्सम्यान खडग बोहरा उदयीमान खेलाडी घोषित भए। उनले एक अर्धशतक सहित १२१ रन बनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell