PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

प्रधानमन्त्री ओली युरोप प्रस्थान



पहिलोपोस्ट

प्रधानमन्त्री ओली युरोप प्रस्थान
file photo

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली साता लामो युरोप भ्रमणका लागि प्रस्थान गरेका छन्।

स्वीट्जरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागि हुन प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन्। प्रधानमन्त्री ओली सम्मेलनमा सहभागि भएसँगै संयुक्त राज्य (बेलायत) जाने छन्।

बेलायत देखि प्रधानमन्त्री ओली फ्रान्सको राजकीय भ्रमणमा जाने छन्।

यो पनि :

प्रधानमन्त्री ओली आज युरोप जाँदै, यस्तो छ भ्रमण तालिका

सबैभन्दा पुरानो कुटनीतिक सम्बन्ध रहेको देश बेलायतमा १७ वर्ष देखि हुन लागेको पहिलो प्रधानमन्त्री स्तरको भ्रमण हो। त्यस्तै कुटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाठ मनाउँदै गरेको फ्रान्समा १९ वर्षपछि हुन लागेको प्रधानमन्त्री स्तरको भ्रमण हो।

बेलायत भ्रमणका क्रममा बेलायती समकक्षी प्रधानमन्त्री टेरेसा मेसँग जेठ २८ गते भेटवार्ता हुने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले बेलायती समकक्षी समक्ष द्विपक्षीय हितका सार्थ भूपू गोर्खा सैनिकका बारेमा छलफल हुने कार्यक्रम छ।

बेलायतको भ्रमणपछि प्रधानमन्त्री ओली फ्रान्स पुग्नेछन्। फ्रान्स भ्रमणका क्रममा दुई मुलुकबीच व्यापार तथा लगानी प्रवद्र्धन सम्बन्धी सम्झौता हुने भएको छ। त्यहाँ दुई देशको ‘वान टु वान’ मिटिङमा सहभागी हुने कार्यक्रम तय भएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल र फ्रान्सबीच पर्यटन, प्रविधि र दुई पक्षीय निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्ने कार्यक्रममा सम्झौता गरिने तयारी गरिएको छ।

यो पनि पढ्नुहोस्

१७ वर्ष पछि हुन लागेको प्रधानमन्त्रीको बेलायत भ्रमण: होला त गोरखा सैनिक समस्याको समाधान?

प्रधानमन्त्री ओली युरोपका तीन देशको भ्रमणमा निस्किँदै, १९ वर्षपछि फ्रान्समा नेपालबाट उच्चस्तरीय भ्रमण



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell