PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

क्रिकेट छाडेर टेनिसमा फर्किएकी बार्टीले जितिन् फ्रेन्च ओपनको उपाधि



पहिलोपोस्ट

क्रिकेट छाडेर टेनिसमा फर्किएकी बार्टीले जितिन् फ्रेन्च ओपनको उपाधि

टेनिस, क्रिकेट अनी टेनिस।

सानो उमेरमै टेनिस खेल्न सुरुवात गरेकी अष्ट्रेलियन एसलेइघ (अस) बार्टीले टेनिसबाट ब्रेक लिएर क्रिकेट खेलिन्। अनी फेरी टेनिसमै फ्रकिइन्। र उनै बार्टीले यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि जितेकी छिन्।

वर्षको दोस्रो ठूलो ग्राण्ड्सलाम टेनिस फ्रेन्च ओपनको उपाधि जित्ने क्रममा २३ वर्षीय वार्टीले चेक रिपव्लिककी टिनएजर मार्केटा भन्ड्रोउसोभालाई सोझो सेटमा पराजित गरिन्।

बार्टीले पहिलो पटक ग्राण्ड्सलामको उपाधि जितेकी हुन्। फ्रान्सको पेरिसस्थित रोलान्ड गारोसमा भएको फाइनलमा बार्टीले १९ वर्षीय मार्केटालाई ६-१, ६-३ ले सहजै हराइन्।

बार्टीले सन् २०१४ मा टेनिस छाडेर क्रिकेट रोजेकी थिइन्। तर उनले १७ महिनापछि नै क्रिकेट छाडिन र फेरि टेनिसमै फर्किइन्। २०१४ मा युएस ओपन खेलेपछि उनले टेनिसबाट ब्रेक लिएकी थिइन्।

क्रिकेट रोजेपछि उनले अष्ट्रेलियन वुमन्स विग बाग लिग डब्लुबीबीएल समेत खेलिन्। उनले पहिलो सिजनमा ब्रिसबन हिट बाट खेलेकी थिइन्। जहाँ डेब्यु खेलमै मेलवर्न स्टार्सविरुद्ध २७ बलमा ३९ रन बनाएकी थिइन्।

फ्रेच्न ओपन जितेपछि बार्टी सन् १९७३ पछि रोनाल्ड गारोसमा जित्ने पहिलो अष्ट्रेलियन खेलाडी बनिन्। १९७३ मा मार्गेट कोर्टले उपाधि जितेकी थिइन्।

'यो अविश्वसनीय छ। म निःशब्द छु। मैले परफेक्ट म्याच खेलेँ' बार्टीले भनिन्, 'यो दुई साता क्रेजी रह्यो। अष्ट्रेलियन खेलाडीको लागि यो विशेष स्थान हो। र मैले जे उपलब्धि हात पार्न सकेँ त्यसमा म एकदमै प्राउड छु।'

अष्ट्रेलियाकी सामन्था स्टोसर सन् २०१० को फ्रेन्च ओपन फाइनलमा पुगेकी थिइन्। २०११ मा युएस ओपन जितेकी स्टोसर नै पछिल्लो पटक ग्राण्डस्लाम जित्ने अष्ट्रेलियन खेलाडी हुन्। उनले बार्टीलाई बधाई समेत दिएकी छन्।
 

अर्को साता वरीयता सार्वजनिक हुँदा बार्टी दोस्रो स्थानमा उक्लनेछिन्। उनी सन् १९७६ मा एभोने गुलगोङ कावलेपछि उच्च वरीयतामा पुग्ने पहिलो अष्ट्रेलियन बन्नेछिन्।

यस्तै फाइनलमा पराजित भएपनि ३८औं वरीयताकी मार्केटा पहिलो पटक शीर्ष २० मा पर्नेछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell