PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

विश्वकप क्रिकेट : न्यूजिल्याण्डको लगातार तेस्रो जित



पहिलोपोस्ट

विश्वकप क्रिकेट : न्यूजिल्याण्डको लगातार तेस्रो जित

न्यूजिल्याण्डले आइसीसी विश्वकप क्रिकेट २०१९ मा लगातार तेस्रो जित हात पारेको छ। गत संस्करणको उपविजेता कीवी टोलीले गएराती भएको खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो।

यसअघि श्रीलंकालाई र बंगलादेशलाई पराजित गरेको न्यूजिल्याण्डले ३ खेलबाट ६ अंक जोड्दै अपराजित यात्रा कायम राखेको हो।

अफगानिस्तानले दिएको १७३ रनको लक्ष्य न्यूजिल्याण्डले ३२.२ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४१.१ ओभरमा सबै विकेट गुमाएर १७१ रन बनाएको थियो। हसमतुल्लाह शाहिदीले ५९, हज्रतुल्लाह जजाईले ३४ र नुर अली जद्रानले ३१ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन।

अफगानिस्तानलाई अलआउट गर्न न्यूजिल्याण्डका जेम्स निसामले ५ तथा लकी फर्गुसनले ४ विकेट लिए। निसमले १० ओभरमा १ मेडन राख्दै ३१ रन खर्चेर ५ विकेट लिएका हुन्।  फर्गुसनले ९.१ ओभरमा १ मेडन राख्दै ३७ रन खर्चेर ४ विकेट लिए।

कप्तान केन विलयमसनले अर्धशतक बनाएपछि न्यूजिल्याण्डले सहजै लक्ष्य पपूरा गर्‍यो। उनले ९९ बल खेल्दै ९ चौकाको मद्दतमा नटआउट ७९ रन बनाए। रोस टेलररले ५२ बलमा ६ चौका र १ छक्काको मद्दतमा ४८ रन योगदान गरे। कलिन मनरोले २२ रन बनाए भने टम लाथम १३ रनमा नटआउट रहे।

अफगानिस्तानका लागि अफगाब आलमले सबै ३ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell