PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

युरो क्वालिफायर : बेल्जियम र इटलीको लगातार तेस्रो जित



पहिलोपोस्ट

युरो क्वालिफायर : बेल्जियम र इटलीको लगातार तेस्रो जित

युरो २०२० क्वालिफायरमा बेल्जियम र इटलीले पनि क्वालिफायरमा लगातार ३ जित हात पारेका छन्।

समूह आई को खेलमा बेल्जियमले कजाखस्तानलाई ३-० ले हराउँदै अपराजित यात्रा कयाम राखेको हो। बेल्जियमका लागि ड्राई मर्टेन्स, टिमोथी कास्टेगने र रोमेलो लुकाकुले एक-एक गोल गरे। लगातार ३ जितपछि ९ अंकसहित बेल्जियम यस समूहको शीर्ष स्थानमा छ।

उता अर्टेम ज्युवाको चार गोल मद्दतमा सान मारिनोलाई ९-० ले पारजित गरेको रसिया ३ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ। यस्तै साइप्रसलाई २-१ ले पराजित गर्दै स्कटल्याण्डले पनि ६ अंक नै जोडेको छ तर रसिया भन्दा पछि छ।

यसैगरी समूह जी मा इटलीले ग्रीसलाई ३-० ले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको छ। इटलीका लागि निकोलो बारेला, लरेन्जो इनसिग्ने र लिओनार्दो बोनुचीले एक-एक गोल गरे।

इटलीको ३ खेलबाट ९ अंक भएको छ। बोस्निया एण्ड हर्जगोभिनालाई २-० ले पराजित गर्दै ६ अंक जोडेको फिनल्याण्ड दोस्रो स्थानमा छ।

जर्मनीले समूह सी मा दोस्रो जित हात पारेको छ। जर्मनीले बेलारुसलाई २-० ले पराजित गरेको हो। जर्मनीका लागि लरेय साने र र्को रिउसले एक-एक गोल गरे। २ खेलपछि ६ अंक जोडेको जर्मनी समूह सी मा दोस्रो स्थानमा छ। तीन वटै खेल जित्दै ९ अंक जोडेको नर्दन आयरल्याण्ड यस समूहको पहिलो स्थानमा छ।

यस्तै समूह मा हंगेरी र क्रोएसियाले दोस्रो जित हात पारेका छन्। २०१८ को विश्वकप उपविजेता क्रोएसियाले वेल्सलाई २-१ ले र हंगेरीले अजरबैजानलाई ३-१ ले पराजित गरेको हो।

३ खेलपछि २ जित र एक हारको नतिजासहित समान ६ अंक जोडेपनि हेड टु हेडमा हंगेरी पहिलो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell