PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

विश्वकप क्रिकेट : उपाधिका दुई दाबेदार अष्ट्रेलिया र भारत भिड्दै



पहिलोपोस्ट

विश्वकप क्रिकेट : उपाधिका दुई दाबेदार अष्ट्रेलिया र भारत भिड्दै

अष्ट्रेलिया सर्वाधिक पाच पटकको विश्वकप क्रिकेट च्याम्पियन हो। अष्ट्रेलिया बाहेक एक भन्दा धेरै पटक विश्वकप उपाधि जित्नेमा भारत र वेष्ट इन्डिज छन्।

अष्ट्रेलिया गत संस्करणको समेच च्याम्पियन हो भने भारतले ८ वर्षअघि घरेलु भूमिमै विश्वकप जितेको थियो।

इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकप फर्म्याट अली फरक भएका कारण सुरुमै यी दुई पूर्व च्याम्पियन भिड्न लागेका हुन्।

राउण्ड रोविन लिग अनुसार भइरहेको यस विश्वकपमा अष्ट्रेलिया र भारत आज खेल्दैछन्। अष्ट्रेलियाको यो तेस्रो खेल हो भने भारतको दोस्रो खेल हो। अष्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो भने दोस्रो खेलमा अर्को पूर्व च्याम्पियन वेष्ट इन्डिजलाई नै हराएको थियो।

उता प्रतियवगिता सुरु भएको एक साता पछि आफ्नो पहिलो खेल खेल्दा भारतले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो।

दुवै टोली यस संस्करणको उपाधिका दाबेदारका रुपमा छन् र अपराजित पनि छन्। अष्ट्रेलिया लगातार तद्दी खेल जित्दै न्यूजिल याण्ड समान अंक जोड्न चाहन्छ भने भारत पनि लगातार दवस्रो जितको खोजीमा छ।

लगातार तीन खेल जित्दै न्यूजिल्याण्ड ६ अंकका साथ पहिलो स्थानमा छ।

लिग चरणमा एक-कतालिकामा शीर्ष चार स्थानमा रहने टोली मात्र सेमिफाइनल पुग्नेछन्। त्यसैले सबै टीमको लागि हरेक खेल महत्वपूर्ण छ।

अष्ट्रेलिया र भातरबीचको खेल आज दिउँसो नेपाली सयमअनुसार ३:१५ बजे सुरु हुनेछ। खेल लण्डनस्थित केनिङग्टन ओभलमा हुनेछ।

ओडिआई क्रिकेटको नम्बर वान ब्याट्सम्यान विराट कोहलीको कप्तानीमा रहेको भारतका लागि अघिल्लो खेलमा रोहित शर्माले शतक प्रहार गरेका थिए। यस्तै विकेटकिपर एमएस धोनीले पनि राम्रो प्रदर्शन गरेका थिए। बलिङमा पनि नम्बर वान बलर जसप्रित बुमराहको साथ पाएको भारतमा भुजभेन्ट्र चाहल र कुदलिप यादव जस्ता स्पीनर छन्। यस्तै हार्दिक पाण्ड्या अलराउण्डरका रुपमा छन्।

उता आरोन फिन्चको कप्तानीमा रहेको अष्ट्रेलियामा पूर्व कप्तान स्टिभ स्मिथ र डेविड वार्नरको पुनरागमनले टिम सन्तुलित बनेको छ। वेष्ट इन्डिज विरुद्ध स्मिथसंगै नाथन कुल्टर नाइलले पनि अर्धशतक प्रहार गरेका थिए। कुल्टर नाइल बलिङ अलराउण्डर हुन्। यस्तै बलरमा मिचेल स्टार्क छन्। ग्लेन म्याक्सवेल र मार्कुस स्टोइनिस जस्ता अलराउण्डर पनि कंगारु ६लीमा छन्।

ओडिआई विश्वकपमा अष्ट्रेलिया र भारत अहिलेसम्म ११ पटक खेलेका छन्। जसमा अष्ट्रेलियाले भारतलाई ८ पटक पराजित गरेको छ। भारतले भने ३ पटक मात्र जित हात पारेको थियो।

पछिल्लो पटक अष्ट्रेलियाले घरेलु भूमीमा भएको २०१५ को विश्वकप सेमिफाइनलमा भारतलाई हराएको थियो। यस्तै भारतले पनि २०११ को सेमिफाइनलमा अष्ट्रेलियालाई पराजित गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell