PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

सलमानको भारत चार दिनमै सय करोड क्लबमा 



पहिलोपोस्ट

सलमानको भारत चार दिनमै सय करोड क्लबमा 

सलमान स्टारर फिल्म भारत सय करोड क्लबमा इन्ट्री गरेको छ। इदको अवसर पारेर प्रदर्शन आएको फिल्मले पहिलो दिनमा नै ४२ करोड भारतीय रुपैयाँको व्यापार गरेको थियो।

‘भारत’ रिलिजको चार दिनमा नै सय करोड क्लबमा प्रवेश गरेको छ। फिल्मले ४ दिनमा बक्स अफिसमा १२० करोडको ग्रस कलेक्सन गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्

एक पटक फेरी दर्शकहरूले पर्दामा सलमान र कट्रिनाको जोडीलाई रुचाएका छन्। सलमान खानको भारत उनको अहिलेसम्मकै सुखद ओपनिङ गर्ने फिल्ममा पर्दछ।

ट्रेण्ड एनालिष्ट तरुण आदर्शले आफ्नो ट्विटर अकाउन्टमा ट्विट गर्दै भारतले ४ दिनसम्म सय करोडको क्लबमा प्रवेश गर्दै १२० करोडको कमाइ गरेको उल्लेख गरेका छन्।

सलमानका अधिकांश फिल्महरूले सय करोड क्लबमा प्रवेश गरेका छन् । भारतलाई अलि अब्बास जफरले निर्देशन गरेका हुन्। फिल्ममा सलमान र कट्रिनासँगै दिशा पटानी, ज्याकी श्रफ, सुनिल ग्रोबर लगायतका कलाकारहरूले अभिनय गरेका छन्।

सय करोड क्लबमा सबैभन्दा धेरै फिल्म अहिलेसम्म सलमान खानका रहेका छन्। उनका १४ चलिचत्र यस क्लबमा समावेश छन्। जसमध्य ३ चलचित्रले ३०० करोड दुई चलचित्रले २०० करोड भन्दा बढी कमाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell