PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

विश्वकप क्रिकेट : शिखर धवनको शतक, भारतले अष्ट्रेलियालाई ३६ रनले हरायो



पहिलोपोस्ट

विश्वकप क्रिकेट : शिखर धवनको शतक, भारतले अष्ट्रेलियालाई ३६ रनले हरायो

शिखर धवनको शतक अनि उत्कृष्ट बलिङ मद्दतमा भारतले आइसीसी विश्वकप क्रिकेट २०१९ मा अष्ट्रिलयालाई पराजित गरेको छ।

साविक विजेता अष्ट्रेलियालाई ३६ रनले पराजित गर्द भारतले १२औं संस्करणमा लगातार दोस्रो जित हात पारेको छ।

भारतसँग हारेपछि यसअघि लगातार दुई खेल जितेको साविक विजेता अष्ट्रेलियाको अपराजित यात्रा टुङ्गिएको छ भने अंक तालिकामा भारतले अष्ट्रेलियालाई पछि पारेको छ।

लगातार तीन खेल जित्दै न्यूजिल्याण्ड पहिलो स्थानमा छ। अब न्यूजिल्याण्ड र भारतमात्र यस संस्करणमा अपराजित छन्। ६ अंकसहित किवी टोली पहिलो स्थानमा छ। इंग्ल्याण्ड, भारत र अष्ट्रेलियाको समान ६ अंक छ तर रनरेटको आधारमा इंग्ल्याण्ड दोस्रो, भारत तेस्रो र अष्ट्रेलिया चौथो स्थानमा छ।

लण्डनस्थित ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले धवनको शतक तथा कप्तान विराट कोहली र रोहित शर्माको अर्धशतक मद्दतमा ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३५२ रन बनाएको थियो।

जवाफमा अष्ट्रेलियाले ५० ओभर खेल्दै सबै विकेट गुमाएर ३१६ रन मात्र बनायो।

भारतका लागि धवनले १०९ बल खेल्दै १६ चौकाको मद्दतमा ११७ रन बनाए। कोहलीले ८२, रोहितले ५७ र हार्दिक पाण्ड्याले ४८ रन जोडे। अष्ट्रेलियाका मार्कुस स्टोइनिसले २ विकेट लिए।

अष्ट्रेलियाका लागि डेविड वार्नर, स्टिभ स्मिथ र एलेक्स क्यारीले अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त भएन। स्मिथले सर्वाधिक ६९ रन बनाएको इनिङ्समा वार्नरले ५६ रन जोडे।   एलेक्स क्यारीले नटबउट ५५ रन बनाए। उस्मान खवाजाले ४२, आरोन फिन्चले ३६ र ग्लेन म्याक्सवेलले २८ रन जोडे।

भारतका लागि जसप्रित बुमराह र भुवनेश्वर कुमारले ३-३ तथा युजभेन्द्र चाहालले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell