PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

स्थानीय तहको कर्मचारी पदपूर्ति रोक्न लोक सेवालाई राज्य व्यवस्था समितिको निर्देशन



पहिलोपोस्ट

स्थानीय तहको कर्मचारी पदपूर्ति रोक्न लोक सेवालाई राज्य व्यवस्था समितिको निर्देशन
फाइल फोटो

काठमाडौँः राज्य व्यवस्था तथा सुशासन समितिले लोक सेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको पदपूर्तिको प्रक्रिया रद्द गर्न निर्देशन दिएको छ। समितिको सोमबार बिहान बसेको बैठकले पदपूर्ति प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो।

व्यवस्थापन तथा संगठन सर्वेक्षण (ओएण्डएम) लगायतका प्रक्रिया पूरा गरेरमात्र पदपूर्ति गर्न समितिले निर्देशनमा भनेको छ। सोमबार बिहान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँगको छलफलपछि समितिले प्रक्रिया रद्द गर्न निर्देशन गरेको हो।

संविधानले परिकल्पना गरे अनुसारको समावेशी सिद्धान्त अवलम्बन नभएको भन्दै विज्ञापनको विरोध भइरहेको थियो। आयोगले भने संविधान र कानुन अनुसार नै विज्ञापन गरिएको बताउँदै आएको छ।

आयोगले दुई साताअघि ९ हजार १६१ कर्मचारी पदपूर्तिका लागि विज्ञापन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell