PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

ठगीको आरोपमा मेडिकल संचालक पक्राउ



पहिलोपोस्ट

ठगीको आरोपमा मेडिकल संचालक पक्राउ

काठमाडौं : ठगीको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले एसिया मेडिकेयर हस्पिटलका सञ्चालक सुरज कुमार सर्राफ र राकेश कुमार यादवलाई नियन्त्रणमा लिएको छ। उनीहरूले विभिन्न व्यक्तिबाट मिटर व्याजमा पैसा लिएर बाउन्स चेक दिएको उजुरीको आधारमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमिन्द्र राठौरले जानकारी दिए।

उनीहरूले करीब ४० जना व्यक्ति तथा संस्थाबाट ५ करोड ७७ लाख रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा पुगेको छ। भारतमा लुकी बसेका उनीहरू वीरगन्ज आएको सूचनाको आधारमा आइतबार नियन्त्रणमा लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell