PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

२०११ को विश्वकपका उत्कृष्ट खेलाडी युवराज सिंहले लिए सन्यास



पहिलोपोस्ट

२०११ को विश्वकपका उत्कृष्ट खेलाडी युवराज सिंहले लिए सन्यास

भारतलाई सन् २०११ को ओडिआई विश्वकप जिताउन अलराउण्ड प्रदर्शन गरेका युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट  सन्यास घोषणा गरेका छन्।

८ वर्षअघि घरेलु मैदानमा भारतले विश्वकप जित्दा युवराज म्यान अफ दि टुर्नामेन्ट घोषित भएका थिए। यस्तै सन् २००७ मा भारतलाई टी २० विश्वकप जिताउन पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए।

उनले भारतका लागि ४० टेष्ट, ३०४ ओडिआई र ५८ टी-२० आई खेलेका छन्। युवराजले टेष्टमा ३ र ओडिआईमा १४ शतक प्रहार गरेका छन्।

इंग्ल्याण्डमा अहिले १२औं संस्करणको आइसीसी ओडिआई विश्वकप भइरहेको छ। भारतले लगातार दवस्रो खेल जित्ने क्रममा अष्ट्रेलियालाई पराजित गरेको अर्को दिन युवराजले सन्यास घोषणा गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell