PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

नेपालका सन्जय र लालमोहरले भारतमा प्रो-कबड्डी खेल्ने



पहिलोपोस्ट

नेपालका सन्जय र लालमोहरले भारतमा प्रो-कबड्डी खेल्ने

काठमाडौं : दुई नेपाली खेलाडी भारतमा हुने प्रो-कबड्डी खेल्न भारत गएका छन्।

नेपाली खेलाडीद्वय सन्जय श्रेष्ठ र लालमोहर यादव यस सिजनको प्रो-कबड्डी खेल्न बैंगलोर प्रस्थान गरेका हुन्।

दुवै खेलाडीले बैंगलरु बुल्सबाट खेल्नेछ। सन्जयले यसअघि पनि प्रो-कबड्डी खेलिसकेका छन्।

नेपालमा कबड्डी खेलले खासै प्राथमिकता पाउन नसकेपनि यी दुई खेलाडीले भने भारतमा खेल्न लागेका हुन्।

उनीहरुको आउने-जाने लगायत सबै खर्च टिमले नै बेहोर्ने छ।

सातौँ सिजनको प्रो-कबड्डी आगामी जुलाई २० देखि सुरु हुँदैछ। जसमा १२ टिमले प्रतिस्पर्धा गर्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell