PahiloPost

Oct 27, 2025 | ११ कात्तिक २०८२

विश्वकप क्रिकेट : वर्षाका कारण दोस्रो पटक खेल हुन सकेन, दक्षिण अफ्रिका र वेष्ट इन्डिजले बाँडे अंक



पहिलोपोस्ट

विश्वकप क्रिकेट : वर्षाका कारण दोस्रो पटक खेल हुन सकेन, दक्षिण अफ्रिका र वेष्ट इन्डिजले बाँडे अंक

इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकप क्रिकेट अन्तर्गत वर्षाका कारण दोस्रो पटक खेल रद्ध भएको छ।

दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीच सोमबार सुरु भएको खेल पुरा हुन नसक्दा रद्ध भएको हो। खेल हुन नसकेपछि दुवै टोलीले १-१ अंक पाएको छन्। यसअघि लगातार तीन खेल हारेको दक्षिण अप्रिकाले पहिलो पटक अंक जोडेको छ। उता एक खेल र एक खेल हारको नतिजा निकालेको वेष्ट इन्डिजले ३ खेलबाट ३ अंक नै जोडेको छ।

साउथह्याम्पटनमा भएको खेलमा टस हारेर दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ७.३ ओभरमा विकेट गुमाएर २९ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि खेल फेरी सुरु हुन नसक्दा दुवै टोलीले अंक बाँडेका हुन्।

यसअघि पाकिस्तान र श्रीलंकाले पनि वर्षाका कारण खेल नभएपछि अंक बाँडेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell