PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

सडक कालोपत्रे गर्न माग गर्दै थलीमा स्थानीयको प्रदर्शन, हेर्नुस् फोटोमा

सडक कालोपत्रे गर्न माग गर्दै थलीमा स्थानीयको प्रदर्शन, हेर्नुस् फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँः सडक विस्तारका लागि लामो समयदेखि भत्काइएको बाटो निर्माण नभएको भन्दै नेपाल विद्यार्थी संघको अगुवाईमा थलीका स्थानीयबासीले प्रदर्शन सुरु गरेका छन्। सवारीसाधन अवरुद्ध नै गरेर स्थानीय प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनको कारण चाबहिल, बौद्ध, जोरपाटी हुँदै साँखु चल्ने सम्पूर्ण सवारीसाधन बन्द छन्। प्रदर्शनकारीले निजी सवारी, तथा विद्यालयका बस समेतलाई सञ्चालनमा रोक लगाएका छन्। उनीहरूले सडकमा टायर बालेर विरोध गरेका छन्।

केही समयअघि बौद्धका स्थानीयबासीले सडक कालोपत्रे माग गर्दै आन्दोलन गरेका थिए। आन्दोलनपछि केही समयमा सडक कालोपत्रे भएको थियो। आन्दोलनकै कारण ललितपुरको चापागाउँमा पनि सडक बनाउने सहमति भएको थियो।

हेर्नुस् तस्विरमा-



ट्रेन्डिङ पोस्ट

Ncell