PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

हत्यामा संलग्न फरार अभियुक्त समातिए



पहिलोपोस्ट

हत्यामा संलग्न फरार अभियुक्त समातिए

काठमाडौं : हत्या गरी फरार एक अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमबार प्रजा सहनीलाई नियन्त्रणमा लिएको हो। वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयास्थित नेपाल भारतको सीमानामा लुकीछिपी बसिरहेको अवस्थाबाट सहनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख सोमिन्द्र राठौरले जानकारी दिए।

गत चैत १८ गते बिहान बहुदरमाई नगरपालिका वडा नम्बर ८  रामनगरी बस्ने वर्ष ५६ वर्षीय किशोरी सहनीको हत्या गरी फ्यालिएको अवस्था शव फेला परेको थियो।

प्रहरीको अनुसन्धानमा हत्या २७ वर्षीय प्रजा सहनी र  ४० वर्षीय विनोद साह कानुले मिलेर हत्या गरेको खुलेको प्रहरीको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell