PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

रामोसको लगातार गोल, स्पेनको शानदार जित



पहिलोपोस्ट

रामोसको लगातार गोल, स्पेनको शानदार जित

सर्गियो रामोसले लगातार गोल गर्दा स्पेनले युरो २०२० क्वालिफायरमा अपराजित यात्रा कायम गरेको छ। समूह एफ अन्तर्गत गए राति भएको खेलमा स्पेनले स्वीडेनलाई ३-० ले पराजित गरेको हो।

समूह एफमा लगातार चौथो खेल जितेको स्पेन १२ अंकसहित शीर्ष स्थानमा छ।

अघिल्लो खेलमा फारोए आइल्याण्ड विरुद्ध गोल गरेका रामोसले लगातार दोस्रो खेलमा पनि गोल गरेका हुन्। यस्तै अल्भारो मोराटा र मिके ओयाजबालले पनि एक-एक गोल गरे।

स्वीडेन विरुद्ध गोल पछि रामोसले स्पेनका लागि २० अन्तर्राष्ट्रिय गोल गर्दै टेल्मो जारासँग बराबरी गरेका छन्। साथै उनले स्पेनका लागि सर्वाधिक गोल गर्ने सूचीमा ११औं स्थानमा छन्।

रामोस अन्तर्राष्ट्रिय फुटबलमा धेरै गोल गर्ने डिफेण्डर डानिएल पासारेला भन्दा दुई गोलले पछि छन्।

अघिल्लो खेलमा स्पेनले जित हात पार्दा त्यो रामोसको १२२औं जित थियो। उनले गोलकिपर इकर कासिलासको १२१ जितलाई पछि पारेका हुन्। स्वीडेन विरुद्धको खेलअघि रामोसलाई सम्मान प्रदान गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell