PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

युरो क्वालिफायर: जर्मनीको ८ गोल, फ्रान्स, बेल्जियम र इटली विजयी



पहिलोपोस्ट

युरो क्वालिफायर: जर्मनीको ८ गोल, फ्रान्स, बेल्जियम र इटली विजयी

युरो २०२० क्वालिफायर अन्तर्गत जर्मनीले फराकिलो जित हात पारेको छ। यस्तै विश्व विजेता फ्रान्स र बेल्जियमले सहज जित हात पार्दा इटलीले कठिन जित दर्ता गर्‍यो। 

समूह सी अन्तर्गतको खेलमा जर्मनीले इस्टोनियालाई ८-० को परिकलो अन्तरले पराजित गरेको हो। जर्मनीको लागि मार्को रिउस र सर्जी नाब्रीले २-२ गोल गरे भने लिओन गोरेट्ज्का, इकाए गुन्डागोन, लरेय साने र टिमो वार्नरले १-१ गोल गरे।

लगातार तेस्रो जित हात पारेको जर्मनीले ९ अंकसहित समूह सी मा दोस्रो स्थानमा छ। बेलारुसलाई १-० ले पराजित गर्दै लगातार चार खेल जितेको नर्दन आयरल्याण्ड जर्मनीभन्दा अगाडि छ। नर्दन आयरल्याण्ड १२ अंकसहित शीर्ष स्थानमा छ। दुबै टोली अपराजित छन्। जर्मनीले नर्दन आयरल्याण्ड भन्दा एक खेल कम खेलेको छ।

यसैगरी अघिल्लो खेलमा टर्कीसँग पराजित भएको फ्रान्सले एन्डोरालाई ४-० ले पराजित गर्दै फेरि समूह ए चको शीर्ष स्थानमा उक्लेको छ। टर्की भने आइसल्याण्डसँग २-१ ले पराजित भयो।

फ्रान्सलाई समूहमा तेस्रो जित दिलाउने क्रममा किलियन एम्बाप्पे, विसम वेन येडर, फ्लोरिन थाउभिन र कुर्ट जुमाले १-१ गोल गरे।

४ खेलपछि फ्रान्स, टर्की र आइसल्याण्डको समान ९ अंक भए पनि गोल अन्तरमा फ्रान्स अगाडि रहेको हो।

यस्तै रागनार सिगुरसनले दुई गोल गरेपछि आइसल्याण्डले टर्कीलाई पराजित गर्दै तेस्रो जित हात पारेको हो। गोल अन्तरमा भने आइसल्याण्ड दुई टोली भन्दा पछि छ।

उता समूह आईमा बेल्जियमले अपराजित यात्रा कायम राख्ने क्रममा स्कटल्याण्डलाई ३-० ले पराजित गरेको छ। बेल्जियमको लागि रोमेलु लुकाकुले २ र केभिन डे ब्रुएनाले १ गोल गरे। लगातार चार खेल जितेको बेल्जियम १२ अंकसहित समूह आईको शीर्ष स्थानमा छ।

यस्तै रसियाले साइप्रसलाई १-० ले पराजित गर्द तेस्रो जित हात पारेको छ। ४ खेलबाट ९ अंकसहित रसिया यस समूहको दोस्रो स्थानमा छ।

इटलीले समूह जे मा लगातार चौथो जित हात पारेको छ। एक गोलले पछि परेको अवस्था उल्टाउँदै इटलीले बोस्निया एण्ड हर्जगोभिनालाई २-१ ले पराजित गरेको हो। एडेन जेकोले पहिले गोल गर्दै बोस्नियालाई अग्रता दिलाए पनि लरेन्जो इनसिग्ने र मार्को भेराट्टीले दोस्रो हाफमा गोल गर्दै इटलीलाई जित दिलाए। लगातार ४ खेल जितेको इटली १२ अंकसहित शीर्ष स्थानमा छ।

लिचेस्टाइनलाई २-० ले पराजित गर्द तेस्रो जित हात पारेको फिनल्याण्ड ९ अंकसहित दोस्रो स्थानमा छ।

यस्तै समूह ई मा हंगेरीले वेल्सलाई १-० र स्लोभाकियाले अजरवैजानलाई ५-१ ले पराजित गरेको छ। ४ खेलबाट ९ अंक जोडेको हंगरी पहिलो र ६ अंक रहेको स्लोभाकिया दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell