PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

लागुऔषध कारोबारी नियन्त्रणमा लिन पोखरामा प्रहरीले गोली चलायो



पहिलोपोस्ट

लागुऔषध कारोबारी नियन्त्रणमा लिन पोखरामा प्रहरीले गोली चलायो

काठमाडौः पोखराको उत्तम चोकमा प्रहरीले गोली चलाएको छ।

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए। प्रहरीले गोली प्रहार गरी जोन भनिने गोविन्द थापालाई नियन्त्रणमा लिएको छ।

लागुऔषध कारोबार गरेको आरोपमा प्रहरीको खोजीको सूचीमा रहेका थापासँग प्रहरीको जम्काभेट हुँदा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको दाबी गरेको छ।

गोली थापाको बायाँ खुट्टामा लागेको एसपी कार्कीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell