PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

अरुको अनुभव हेरेर होइन, नेपालको आवश्यकताले बीआरआइमा नेपालको सहभागिता : प्रधानमन्त्री ओली



पहिलोपोस्ट

अरुको अनुभव हेरेर होइन, नेपालको आवश्यकताले बीआरआइमा नेपालको सहभागिता : प्रधानमन्त्री ओली

काठमाडौं : युरोप भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआइ)मा नेपालको सहभागिता नेपालकै आवश्यकता अनुसार भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले बेलायतमा रहँदा बीबीसी वर्ल्ड सर्भिससँग दिएको अन्तरवार्ताका क्रममा यस्तो बताएका हुन्।

बीबीसीका पत्रकारले प्रधानमन्त्री ओलीलाई नेपालको बीआरआइमा सहभागिताका विषयमा प्रश्न गर्दै सान्दर्भिकताबारे प्रश्न गरेका थिए। उनले बनाउने भनेको परियोजनाहरु नेपालले ऋणकै आधारमा बनाउन सक्छ? भन्दै प्रश्न गरेका थिए। पत्रकारले श्रीलंकाको बन्दरगाहको उदाहरणसमेत दिएका थिए।

प्रधानमन्त्री ओलीले आफूले अन्तर्राष्ट्रिय लगानीका लागि आह्वान गरेको भन्दै नेपालले आफ्नो आवश्यकता अनुसार आह्वान गरेको बताए।

'हामीले लगानीका लागि आह्वान गरेका छौँ। हामीले हाम्रो प्राथमिकताका आधारमा आह्वान गरेका छौँ। आधारबिनै हामीले आह्वान गरेका होइनौं,' प्रधानमन्त्री ओलीले भने, 'हामीले कुनै ऋण मागेका छैनौं। हामीले अरुको अनुभव हेर्दैनौं। हामीले यी सबै कुरालाई ब्यवस्थापन गर्न सक्छौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell