
बलिउड इन्डस्ट्रीमा यस्ता थुप्रै कलाकारहरू छन् जसले ठुला पर्दामा समलैंगिक भूमिकामा अभिनय गरेका छन्। वेब सिरिज मेड इन हेभनमा अर्जुन माथुरले ‘गे’को भूमिका निभाएका छन्। उनको यो भूमिकालाई लिएर कैयौँ मानिसहरूले उनको विरोध गरिरहेका छन्। यसअघि पनि उनले दुईपटक स्क्रिनमा दुईपटक समलैंगिक भूमिका निभाइसकेका छन्।
तर उनी मात्र होइन अभिनेता मनोज बाजपेयी, शबाना आजमी, अक्षय कुमार, अभिषेक बच्चन लगायतका कलाकारहरूले फिल्ममा समलैंगिक भूमिकामा अभिनय गरेका छन्।
अक्षय कुमार
अभिनेता अक्षय कुमारलाई बलिउड उद्योगको खेलाडी भनिने गरिन्छ। उनी जुन किसिमको भूमिकामा पनि फिट हुन्छन्। फिल्ममा नायिकालाई खलनायकबाटबाट बचाउन होस् या हेलिकोप्टरबाट हाम फाल्न नै किन नहोस् उनी पछि पर्दैनन्। फिल्म ‘ढिसुम’ मा अक्षय कुमार ‘गे’को भूमिकामा प्रस्तुत भएका छन्। साथै ढिसुममा उनको केमियो रोल थियो।
अभिषेक बच्चन
त्यस्तै अभिनेता अभिषेक बच्चनले फिल्म ‘दोस्तानामा’ समलैंगिक जोडीको भूमिका निभाएका छन्। उक्त फिल्ममा अभिषेकले ‘गे’ को भूमिकालाई कमेडी रूपमा प्रस्तुत गरेका छन्।
ऋषि कपुर
ऋषि कपुरले ठुलो पर्दामा हरेक किसिमका रोलहरूमा अभिनय गरेका छन्। उनी कुनै समयका रोमान्टिक अभिनेताको रूपमा समेत चिनिन्छन्। उनले २०१२ मा रिलिज भएको करण जौहर निर्देशित फिल्म ‘स्टुडेन्ट अफ द ईयर’ मा ‘गे’ प्रिन्सिपल योगेन्द्र वशिष्ठको भूमिका निभाएका थिए।
सोनम कपुर
बलिउड अभिनेत्री सोनम कपुर पनि ठुलो पर्दामा समलिंगीको भूमिकामा देखिएकी छिन्। सोनम फिल्म ‘एक लड्कीको देखा तो ऐसा लगा’ मा लेसबियनको भूमिकामा देखिएकी थिइन्। यो लेसबियनको विषय वस्तुलाई लिएर बनाइएको पारिवारिक फिल्म हो।
आयुष्मान खुराना
आयुष्मान बलिउड फिल्ममा हरेकपटक फरक भूमिकामा देखिन्छन्। छिट्टै आयुष्मान पनि ठुलो पर्दामा ‘गे’ को भूमिकामा देखिने भएका छन्। फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ मा आयुष्मान ‘गे’ को रोलमा देखिने भएका हुन्। यो फिल्म उनको ‘शुभ मंगल सावधान’ को सिक्वेल हो।
फवाद खान
फिल्म ‘कपुर एन्ड सन्स’ मा फवाद खान ‘गे’ को रोलमा देखिएका थिए। तर फिल्म अवधिभर उनलाई पर्फेक्ट सिंगल केटाको रूपमा देखाइएको छ र अन्त्यमा मात्र उनी ‘गे’ भएको खुलासा हुन्छ।
दैनिक भास्करबाट अनुवादित सामाग्री