PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

ओलम्पिक डे मा ११६ कार्यक्रम गरिने



पहिलोपोस्ट

ओलम्पिक डे मा ११६ कार्यक्रम गरिने

काठमाडौं : अन्तर्रराष्ट्रिय ओलम्पिक डे को अवसर पारेर नेपालमा ११६ वटा कार्यक्रम आयोजना गरिने भएको छ।

नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोर्ट्स फर अल कमिसन, नेपालले 'ओलम्पिक डे' को अवसरमा यही जेठ ३२ देखि असार ८ सम्म सय भन्दा बढी कार्यक्रम आयोजना गर्ने जानकारी दिएको हो।

आधुनिक ओलम्पिक स्थानमा भएको दिन १८९४ जुन २३ का दिन विश्वभर नै ओलम्पिक डे मनाउने गरिन्छ।

तयही अवसरमा नेपालमा पनि साताव्यापी रुपमा कार्यकम हुन लागेको हव।

स्पोर्ट्स फर अल कमिसनले सात प्रदेशसहित विभिन्न राष्ट्रिय खेलकुद, विभिन्न विद्यालय, विभागीय क्लब आर्मी, पुलिस र एपीएफ गरी ११६ वटा कार्यक्रम आयोजना गर्ने जनाएको छ।

ओलम्पिक डे को पहिलो दिन जेठ ३२ गते काठमाडौंको भृकुटीमण्डपबाट साइकल र्‍याली आयोजना गरिने कमिसनले जनाएको छ। यस्तै अन्तिम दिन असार ८ गते लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा विविध कार्यक्रम गरेर समापन गरिने कमिसनले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell