PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

ललित स्मृति यू-१८ च्याम्पियनसिप : एनआरटीको विजयी सुरुवात



पहिलोपोस्ट

ललित स्मृति यू-१८ च्याम्पियनसिप : एनआरटीको विजयी सुरुवात
एनआरटीका गोलकर्ता विवेक राई (हरियो)

काठमाडौं : ललित स्मृति यू-१८ च्याम्पियनसिपमा एनआरटीले विजयी सुरुवात गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको चौथो संस्करणको प्रतियोगिताअन्तर्गत बुधवार भएको उद्घाटन खेलमा एनआरटीले च्यासल युथ क्लबलाई ४-१ ले पारजित गरेको हो।

एन्फा कम्प्लेक्सको एस्टो टर्फमा भएको खेलमा एनआरटीका लागि पहिलो मिनेटमै रेजन माझीले गोल गर्दै अग्रता दिलाएका थिए। ४४औं मिनेटमा शाइरब लो तामाङले च्यासलका लागि बराबरी गोल फर्काए। ५४औँ मिनेटमा कृतिस रत्न चुन्जुले गोल गर्दै एनआरटीलाई २-१ को अग्रता दिलाए। अग्रता लिएपछि अन्तिम १० मिनेटमा एनआरटीले दुई गोल थप्दै सहज जित हात पारेको हो।

एनआरटीका कप्तान मनिस थापा बल अगाडि बढाउादै (निलो)

एनआरटीका लागि सुशन शर्माले धितालले ८१औं मिनेटमा पेनाल्टीबाट गोल गरे भने विवेक राईले ८७औं मिनेटमा गोल गरे।

जितपछि समूह ए मा एनआरटीले ३ अंक जोडेको छ।

प्रतियोगितामा बिहीवारदेखि असार ५ गतेसम्म कुनै खेल हुनेछैन। एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार अब असार ६ गते दुई खेल हुनेछ। जसमा समूह ए अन्तर्गत संकटा र मछिन्द्रबीच पहिलो खेल हुनेछ भने दोस्रो खेल समूह्य बी अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell