PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

विश्वकप क्रिकेट : वार्नरको शतक, अष्ट्रेलिया ४१ रनले विजयी



पहिलोपोस्ट

विश्वकप क्रिकेट : वार्नरको शतक, अष्ट्रेलिया ४१ रनले विजयी

डेविड वार्नरको शतक, मोहम्मद आमिरको ५ विकेट अनी अष्ट्रेलियाका फास्ट बलरको उत्कृष्ट प्रदर्शन। फास्ट बलिङ फ्रेण्डली पिचमा भएको अष्ट्रेलिया र पाकिस्तानबीचको खेलमा भएको प्रदर्शन। नतिजा अष्ट्रेलिया ४१ रनले विजयी

वार्नरले बल टेम्परिङ काण्डपछि पुनरागमन गर्दै पहिलो पटक शतक प्रहार गरे। यस्तै सुरुवाती सूचीमा पाकिस्तानी टिममा नपरेका आमिरले पछिल्लो पटक समावेश गरिनुको कारणलाई सहि सावित गर्दै अष्ट्रलियाको ५ विकेट झारे।

वार्नरको शतकप्रेरित अष्ट्रेलियाले शानदार सुरुवात गरेपनि आमिरले ५ विकेट लिएपछि कंगारु टोली एक ओभर बाँकी छँदै ३०७ रनमा अलआउट भएको थियो। जवाफमा कमिङ र स्टार्कको उत्कृष्ट बलिङ पछि पाकिस्तान  ४५.४ ओभर खेल्दै २६६ रनमा अलआउट भयो।

४ खेल खेलेको अष्ट्रेलिया तेस्रो जितपछि ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ। न्यूजिल्याण्ड समान अंक भएपनि रनेरटमा अष्ट्रेलिया पछि रहेको हो। उता दोस्रो हार बेहोरेको पाकिस्तान ४ खेलपछि ३ अंकसहित आठौं स्थानमा छ।

टाउटनस्थित कुपर एसोसिएसन कन्ट्री ग्राउण्डमा पाकिस्तानले टस जितेपछि अष्ट्रेलियाले पहिले ब्याटिङ गरेको थियो। ओपनरद्वय कप्तान आरोन फिन्च र डेविड वार्नरले पहिलो विकेटका लागि १४६ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई उत्कृष्ट सुरुवात दिलाएका थिए।

२२औं ओभरको पहिलो बलमा पाकिस्तानका मोहम्मद आमिरले कप्तान आरोन फिन्चलाई हफिजको हातबाट क्याचआउट गराउदै पहिलो सफलता दिलाए। फिन्चले ८४ बल खेल्दै ६ चौका र ४ छक्काको मद्दतमा ८२ रन जोडे। त्यसपछि ब्याटिङमा आएका खेलाडीहरुले भने व्यक्तिगत २५ रन भन्दा बढी बनाउन सकेनन्। स्टिभ स्मिथ (१०) लाई २९औं ओभरमा हफिजले आसिफ अलीबाट क्याचआउट गराए। १० बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा २० रन बनाएका ग्लेन म्याक्सेवललाई शाहिन शाह अफ्रिदिलीले ३४औं ओभरमा बोल्ड गरे। ३७औ ओभरमा आमिरले शतक बनाएका वार्नरलाई आउट गरेपछि अष्ट्रेलिया २४२-४ को स्थितीमा पुगेको थियो। त्यसपछि अष्ट्रेलियाले ६५ रन थप्दा बाँकी ६ विकेट गुमायो।

वार्नरले १११ बल खेल्दै ११ चौका र १ छक्काको मद्दतमा १०७ रन बनाए। म्याक्सेवलभन्दा पछि ब्याटिङ गरेका शन मार्सले २३ र उस्मान खवाजाले १८ रन जोडे। दुवै ब्याट्सम्यानलाई आमिरले आउट गरे। त्यसपछि वाहव रियाजले नाथन कुल्टर नाइल र हसन अलीले प्याट कमिङलाई आउट गरेपछि अष्ट्रेलिया ४७.३ ओभरमा ३०२-८ को अवस्थामा पुग्यो। अन्तिम १५ बल खेल्न अष्ट्रेलियाका २ खेलाडी बाँकी थिए। तर ४९औं ओभरको तेस्रो बलमा आमिरले एलेक्स क्यारी (२०) लाई बोल्ड गरे भने उक्त ओभरको अन्तिम बलमा मिचेल स्टार्कलाई सोएब मल्लिकबाट क्याचआउट गराए।

अष्ट्रेलियाको रन गती रोक्न भूमिका खेलेका आमिरले १० ओभर बलिङ गर्दै २ ओभर मेडन राखेर ३० रन खर्दै ५ विकेट लिए। ओडिआईमा आमिरको यो पहिलो ५ विकेट हो। यस्तै शाहिन शाह अफ्रिदीले २ तथा हसन अली, वाहव रियाज र हफिजले १-१ विकेट लिए।

३०८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानको सुरुवात राम्रो हुन सकेन। तेस्रो ओभरको पहिलो बलमै अष्ट्रेलियाका प्याट कमिङले ओपनर फकर जमनलाई केन रिचर्डसनको हातबाट क्याचट गराए। अर्का ओपनर इमाम उक हल र बाबर अजामले पाकिस्तानी इनिङ्स अगाडि बढाउने क्रममा दोस्रो विकेटका लागि अर्धशतकिय साझेदारी गरे। यी दुईले ५४ रन जोडे। तर ११औं ओभरको पाँचौ बलमा नाथन कुल्टरल नाइलको बलमा बाबर रिचर्डसनबाटै क्याचआउट भए।

तेस्रो विकेटका लागि इमामले मोहम्मद हफिजसँग ८० रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए। तर कमिङले २६औं ओभरको पहिलो बलमा इमामलाई विकेटकिपर एलेक्स क्यारीबाट उत्कृष्ट क्याचआउट गराएपछि पाकिस्तानले तेस्रो विकेट गयो। इमामले ७५ बल खेल्दै ५३ रन जोडे।

पाँचौ नम्वरमा क्रिसजमा पुगेका कप्तान सर्फ्राज अहेमद र हफिजले इनिङ्स अगाडि बढेन प्रयास गरेका थिए।

तर अष्ट्रेलियाका कप्तान आरो फिन्चले २६औं ओभर आफै बलिङ गरे र उक्त ओभरको अन्तिम बलमा ४६ रन बनाएका अफिजलाई मिचेल स्टार्कको हातबाट क्याचआउट गराए। ४ विकेट झरेपछि दबाबमा आएको पाकिस्तानले त्यसपछि ३ ओभर अन्तरमा २ विकेट गुमायो। सोएब मल्लिक कमिङले विकेटकिपर क्यारीबाट आउट गराए भने आसिफ अली ५ लाई केन रिचर्डसनले क्यारीबाट क्याचआउट गराए। ३० ओभरमा पाकिस्तानले १६० रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो।

१३२-२ को अवस्थामा रहेको पाकिस्तानले निरन्तर विकेट गुमाएपछि १६०-६ को अवस्थामा पुगेको थियो। तर त्यसपछि हसन अली र वाहव रियाले आक्रमक ब्याटिङ गर्दै पाकिस्तानको केही आशा जगाएका थिए।

आठौं नम्बरमा ब्याटिङ गरेका हसनल अलीले आक्रमक ब्याटिङ गर्दै इनिङ्स अगाडि बढाउन सहयोग गरे। उनले १५ बल खेल्दै ३ चौका र ३ छक्काको मद्दतमा ३२ रन बनाए। हसनलाई रिचर्डसनले ३४औं ओभरमा उस्मान खवाजाको हातबाट क्याचआउट गराए।

२०० रन बनाउँदा ७ विकेट गुमाएपनि कप्तान सर्फ्राज र वाहज रियाजले आठौं विकेटका लागि अर्धशतकिय साझेदारी गर्दै स्कोर उकासे। यी दुईले राम्रो ब्याटिङ गर्दै पाकिस्तानलाई जिततर्फ डोहोर्‍याइरहेका थिए। तर मिचेल स्टार्कले बलिङ गरेको ४५औं ओभरको दोस्रो बलमामा रिभ्युमार्फत वाहव रियाज आउट भए। सुरुमा अम्पायरले नटआउट इशारा गरेपनि रिभ्युमा वाहवको ब्याटले बल छोएको देखिएपछि उनी आउट भएका थिए। सर्प्राजसँग आठौं विकेटका लागि ६४ रनको साझेदारी गरेका वाहव ४५ रन बनाएर आउट भए। उनले ३९ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे।

४५औं ओभरकै चौथो बलमा स्टार्कले मोहम्मद आमिर (०) लाई बोल्ड आउट गरेपछि खेल अष्ट्रेलियाको पक्षमा मोडिएको हो। ४६औं ओभरको चौथो बलमा म्याक्सवेलले पाकिस्तानका कप्तान सर्फ्राजलाई डाइरेक्ट हिटमार्फत राआउट गरेपछि अष्ट्रेलिया विजयी भएको हो।

अष्ट्रेलियाका लागि प्याट कमिङले १० ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए। यस्तै मिचेल स्टार्क र केन रिचर्डसनले २-२ विकेट लिए। स्टारक्ले ९ ओभरमा १ मेडन राख्दै ४३ रन खर्चेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell