PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

च्याम्पियन्स लिग विजेता लिभरपुलका खेलाडीलाई २४ क्यारेट सुन जडित आइ फोन-१०



पहिलोपोस्ट

च्याम्पियन्स लिग विजेता लिभरपुलका खेलाडीलाई २४ क्यारेट सुन जडित आइ फोन-१०

युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि जितेको इंग्लिस क्लब लिभपुलका खेलाडीले सुन जडित आइ फोन-१० पाउने भएका छन्।

जुन २ मा मड्रिडमा भएको फाइनलमा लिभरपुलले टोलटनहमलाई २-० ले पराजित गर्दै छैटौँ पटक च्याम्पियन्स लिग उपाधि जितेको थियो।

उपाधि जिते बापत आई डिजाइन गोल्डले लिभरपुलका प्रत्येक खेलाडीलाई ३ हजार ५ सय पाउन्ड पर्ने २४ क्यारेट सुन जडित आइ फोन गिफ्ट दिने डेली मेलले जनाएको छ। 

उक्त फोनको पछाडि खेलाडीको नाम र जर्सी नम्बर समेत राखिएको छ। यस्तै प्रत्येक दिन उपाधिको झल्को आउने गरी च्याम्पियन्स लिगको लोगो र ट्रफी पनि राखिएको छ।

कम्पनीले लिभरपुलका टोली सदस्यहरूका लागि २८ वटा फोन तयार पारेका छ। जसको अर्थ खेलाडी बाहेक म्यानेजर योगर्न क्लोप लगायत अफिसियलले पनि उक्त फोन पाउनेछन्।

यस्तै लिभरपुलका फ्यानले पनि सुन जडिन आइ फोन लिन सक्नेछन्। तर त्यसका लागि २ हजार ५ सय देखि ३ हजार ५ सय पाउण्डसम्म खर्च गर्नुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell