PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन



पहिलोपोस्ट

पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन

काठमाडौँः पूर्व शिक्षामन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य धनीराम (डीआर) पौडेलको निधन भएको छ। पौडेलको चितवनको माडीस्थित निवासमा शुक्रबार बिहान निधन भएको हो। 

पौडेलको हृदयघातबाट निधन भएको बताइएको छ। अकास्मात ढलेपछि अस्पताल लैजाने क्रममा नै उनको निधन भएको नेकपा चितवनका सचिव कृष्णभक्त पोखरेलले बताए।  

पौडेल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षामन्त्री भएका थिए। उनी दोस्रो संविधानसभामा सदस्य थिए। 

पौडेलको अन्तिम संस्कारमा सहभागी नेकपा अध्यक्ष प्रचण्ड जिल्ला सचिव पोखरेल लगायतका नेताहरु चितवन जाने तयारी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell