PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

यौन दुर्व्यवहारको आरोपमा नाना पाटेकरलाई क्लिन चिट, तन्नुश्रीले कानुनी लडाई जारी राख्ने



पहिलोपोस्ट

यौन दुर्व्यवहारको आरोपमा नाना पाटेकरलाई क्लिन चिट, तन्नुश्रीले कानुनी लडाई जारी राख्ने

बलिउड अभिनत्री तनुश्री दत्तले अभिनेता नाना पाटेकरविरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन्। उनले मिटू अभियान अन्तर्गत, सन् २००८ मा फिल्म ‘हर्न ओके प्लिज’को छायाँकनको क्रममा पाटेकरले आफूलाई ‘सेक्सुअल ह्यारेसमेन्ट’ गरेको आरोप लगाएकी थिइन्।

उनको आरोप प्रमाणित भएन। विहिबार मुम्बई प्रहरीले बलिउड अभिनेता नाना पाटेकरलाई सफाइ दिएको छ। प्रहरीले उनीविरुद्ध कुनै प्रमाण नभेटिएका कारण क्लिन चिट दिएको बताएको छ।

पाटेकरसँगै फिल्मका कोरियोग्राफर गणेश आचार्य, निर्माता समीर सिद्दीकी, निर्देशक राकेश साराङ विरुद्ध पनि तन्नुश्री बोल्दै आएकी थिइन्।

फैसलापछि तनुश्रीले प्रहरीदेखि कानुनी व्यवस्था भ्रष्ट रहेको बताइन्। कोइमोइ डटकमले उल्लेख गरे अनुसार तनुश्रीले आफ्नो लडाई जारी राख्ने बताएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell