PahiloPost

Feb 28, 2026 | १६ फागुन २०८२

काठमाडौंमा मेलम्ची झार्न माग गर्दै प्रदर्शन : 'कमिसन भागबण्डा गर्दै गर्नु, पहिले उपत्यकामा मेलम्ची झार्नु'

काठमाडौंमा मेलम्ची झार्न माग गर्दै प्रदर्शन : 'कमिसन भागबण्डा गर्दै गर्नु, पहिले उपत्यकामा मेलम्ची झार्नु'

रोजन श्रेष्ठ/पहिलोपोस्ट


खानेपानीको हाहाकार भएको भन्दै आज उपत्यका खानेपानी पीडित दबाब समूह, सेभ नेपाल भ्याली लगायतका संघसंस्थाले काठमाडौंको थापाथलीमा विरोध कार्यक्रम आयोजना गर्‍यो। 

मेलम्ची आउने नाममा २० वर्षभन्दा बढी समयदेखि यहाँका स्थानीयहरुलाई झुकाएको भन्दै उनीहरुले विरोध गरेका हुन्। उनीहरुले 'पानी मन्त्री वीना मगर, बिना पानी उपत्यका नगर', 'पानी जसरी दिन्छौ पिउन देउ, उपत्यकावासीलाई जिउन देउ', 'कमिसन भागबण्डा गर्दै गर्नु, पहिले उपत्यकामा मेलम्ची झार्नु' आदि लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए।

मेलम्चीको पानी ल्याउन सरकारले चासो नदिएको आरोप प्रदर्शनकारीको थियो।

 



ट्रेन्डिङ पोस्ट

Ncell