PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

हेर्नुस् तिब्बततिर तन्किएको रेल

हेर्नुस् तिब्बततिर तन्किएको रेल

पहिलोपोस्ट /पहिलोपोस्ट


चीनसँगको रेल नेपालको राजनीतिमा एउटा अहम् हिस्सा बनिसकेको छ। कुनै दिन नेपालमा चिनियाँ रेल आयो भने त्यो तिब्बत भएरै आउने हो। चिनिया सामाचार संस्था सिन्ह्वाले तिब्बतको रेलको विषयमा पहिले र अहिलेको अवस्था झल्काउने गरी तस्बिर सार्वजनिक गरेको छ। नेपालसम्म तिब्बत हुँदै चिनियाँ रेल आइपुग्ला या नपुग्ला भन्न सकिन्न। तर, तिब्बतको रेलका लागि चीनले गरेको प्रयास भने अनुकरणीय नै छ। आउनुस् त्यही भए पनि हेरौं -

यो फोटो चाहिँ सन् २००४ को डिसेम्बरमा लिइएको हो। रेल आउँदै गरेको र लिक बनाउने क्रम जारी रहँदाको अवस्था।
रफ्तारमा रेल। यो चाहिँ आजभन्दा ५ दिन अघिमात्र खिचिएको फोटो। देखिएको रेल कार्गो हो। दक्षिण पश्चिम तिब्बतको दृश्य हो यो।
यो चाहिँ सन् २००४ कै फोटो हो। किङ्घाई तिब्बत रेलको लिकमा काम गर्ने मजुदूर हुन् यिनी।
हिउँले छोपिने यो उच्च भूभागमा बन्दै गरेको रेलबे ट्र्याकको सन् २००४ को दृश्य हो यो।
यो चाहिँ पहिलो पटक रेल पुग्दाको क्षण सन् २००४ कै।
कार्गो रेल यही महिना खिचिएको।


ट्रेन्डिङ पोस्ट

Ncell