PahiloPost

Oct 27, 2025 | ११ कात्तिक २०८२

लागुऔषधसहित सिरहामा तीन पक्राउ



पहिलोपोस्ट

लागुऔषधसहित सिरहामा तीन पक्राउ

लहानः प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टीबाट तीन युवालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले हिजो साँझ बरियारपट्टी गाउँपालिका -३ स्थित हवल्दारचोकबाट लागुऔषधसहित सिरहाको लहान नगरपालिका -२ निवासी ३१ वर्षीय सञ्जयकुमार महतो, लहान गरपालिका -८ निवासी २१ वर्षीय राजेश राय र लहान नगरपालिका -७ निवासी ३४ वर्षीय रबि भुजेललाई पक्राउ गरेको हो।

भारतीय बजारतर्फबाट को ३८ प ३८९६ नंको स्कुटीमा सवार तीनै जनामाथि शङ्का लागेर जाँच गर्दा स्कुटी चालक महतोको साथबाट लागुऔषध नाइट्रोसन ट्याब्लेट १० बरामद भएपछि तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell