PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

यस्तो छ विश्वकै ठूलो क्रिकेट ब्याट, तौल ६ हजार ६ सय किलो



पहिलोपोस्ट

यस्तो छ विश्वकै ठूलो क्रिकेट ब्याट, तौल ६ हजार ६ सय किलो

क्रिकेट खेलाडीले खेल्ने एउटा साधारण ब्याटको तौल कति होला। ५ किलो-१० किलो?। खेलाडीले आफूले बललाई प्रहार गर्ने सक्ने गरी ब्याट बोक्छन्।

तर अहिले सार्वजनिक भएको ब्याट भने त्यो भन्दा हजारौँ गुणा ठूलो छ।

अहिले इंगल्याण्ड र वेल्समा आइसीसी एक दिवसीय विश्वकप चलिरहेको छ। यता भारतमा भने विश्वकै ठूलो क्रिकेट ब्याट सार्वजनिक भएको छ। भारतलाई पहिलो विश्वकप जिताउने कप्तान कपिल देवले चेन्नाईमा सार्वजनिक गरेको उक्त ब्याट १५.५ मिटर लामो छ। त्यसको तौल भने निकै बढि छ।  

विश्वकै ठूलो भनिएको उक्त ब्याटको तौल ६ हजार ६ सय किलो रहेको छ। उक्त ब्याट आइसीसीको मापदण्ड अनुसार 'विलो' बाट तयार पारिएको हो।

'म चाहन्छु कि यो ब्याट यही सिटीमा रहिरहोस्। भारतका लागि खेलेका सबै खेलाडीले यहाँ आएर हस्ताक्षर गरुन्। मानिसले देखाएको मायाले गर्दा यो ब्याट यही सिटीमै रहनुपर्छ।' भारतलाई  सन्  १९८३ को विश्वकप दिलाएका कप्तान कपिल देवले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell