PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

पाकिस्तानले टस जितेर बलिङ गर्दै, भारतको लागि धवनको स्थानमा विजय शंकर खेल्ने



पहिलोपोस्ट

पाकिस्तानले टस जितेर बलिङ गर्दै, भारतको लागि धवनको स्थानमा विजय शंकर खेल्ने

विश्वकप क्रिकेट २०१९ अन्तर्गतको बहुप्रतिक्षित खेलमा केही बेरपछि भारत र पाकिस्तान भिड्दैछन्। म्यानचेष्टरको ओल्ड ट्राफोर्डमा हुने उक्त खेलका लागि पाकिस्तानले टस जितेर बलिङ रोजेको छ।

विराट कोहलीको कप्तानीमा रहेको भारतले पहिले ब्याटिङ गर्ने भएको छ। ओपनर शिखर धवन चोटका कारण टिमबाट बाहिरिएपछि भारतीय टिममा आज एक परिवर्तन भएको छ। धवनको स्थानमा अलराउण्डर विजय शंकरलाई टिममा राखिएको छ।

धवनको सट्टा अब रोहित शर्मासँग केएल राहुलले ब्याटिङ गर्नेछन्।

यस्तै पाकिस्तानी टिममा दुई परिवर्तन गरिएको छ। शदाब खान र इमाद वासिम पहिलो रोजाईँमा फर्केका छन्।

आसिफ अली र शाहिन शाह अफ्रिदी भने टिमबाट बाहिरिएका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell