PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

'प्रहरी इन्स्पेक्टर हुँ' भन्दै सार्वजनिक सवारीमा लुट्ने सौगात! 



पहिलोपोस्ट

'प्रहरी इन्स्पेक्टर हुँ' भन्दै सार्वजनिक सवारीमा लुट्ने सौगात! 

काठमाडौँः महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सार्वजनिक सवारी र स्थानमा चोरी गर्ने ८२ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये एक हुन् सौगात मल्ल। 

मल्ल आफू नेपाल प्रहरीबाट आएको भन्दै सार्वजनिक सवारीमा लुट्ने गरेको खुलेको छ। ‘आफूलाई प्रहरी भन्दै लुट्ने गरेको पाइयो। सिभिल प्रहरी भनेर दाबी गर्दा रहेछन्,‘ महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने।

सार्वजनिक सवारीमा चोरीका गतिविधि बढेको भन्दै विशेष अप्रेसन सञ्चालन गरेको थियो। गत जेठको एक महिनामा ८२ जनालाई पक्राउ गरेको छ। प्रहरीले नियन्त्रणमा लिएकामा ७८ जना पुरुष र ४ जना महिला रहेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell