PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

सुदुरपश्चिम प्रदेश नमान्ने थारुहरुको घोषणा, आन्दोलनलाई २० हजार थारु युवा दस्ता तयार पारिँदै, भीम रावलप्रति पोखे आक्रोश



एम बम

सुदुरपश्चिम प्रदेश नमान्ने थारुहरुको घोषणा, आन्दोलनलाई २० हजार थारु युवा दस्ता तयार पारिँदै, भीम रावलप्रति पोखे आक्रोश

कैलाली: थरुहट/थारुवान संयुक्त सङ्घर्ष समितिले आगामी भदौबाट थरुहट प्रदेशको मागसहितका विभिन्न १३ माग अघि सार्दै आन्दोलन थाल्ने जनाएको छ। आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै थरुहट थारुवान संयुक्त सङ्घर्ष समितिले भदौ ७ गते टीकापुरमा राष्ट्रिय सम्मेलन गर्ने र आफ्ना विगतदेखिकै मागहरू अघि सार्दै आन्दोलन थाल्ने जनाएको छ। 

शनिवार त्यसैको तयारी स्वारुप माधव चौधरीको संयोजकत्वमा ५१ सदस्यीय थरुहट/थारुवान संयुक्त सङ्घर्ष समिति गठन गरिएको थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समिति कैलालीका अध्यक्ष माधव चौधरीले बताए। 

थरुहट थारुवान संयुक्त सङ्घर्ष समितिले संविधानर्म असन्तुष्टि जनाउँदै विभिन्न १३ वटा माग अघि सारेर विगतबाटै आन्दोलन अघि सारेको छ। जसमा कञ्चनपुरदेखि चितवनसम्मका ९ वटा जिल्लालाई समेटेर तराइको छुट्टै थरुहट प्रदेश बनाउनुपर्ने माग पहिलो बुँदामा छ। यही विषयमा २०७२ भदौ ७ गते टीकापुरमा थरुहट÷थारुवान आन्दोलनका क्रममा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी १ नाबालक र ८ प्रहरीको ज्यान गएको थियो। 

अहिले संविधान संशोधनसहित टीकापुर घटनालाई राजनीतिक रूपमा समाधान गरिनुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, टीकापुर घटनापछि थारुहरू माथि अन्याय भएको विषयमा छानबिन गरिनुपर्ने लगायतका १३ वटा माग अघि सारेर आन्दोलन गर्नुको आफूहरू सँग विकल्प नरहेको अध्यक्ष चौधरीले बताए। 

पत्रकार सम्मेलनमा फागुन २२ गते अदालतबाट रिहा भएका थारु नेता लक्ष्मण चौधरीले नेपालको संविधान जलाउने अभिव्यक्ति दिएका छन्। 

‘हामीलाई यो देशको नयाँ बनेको संविधानले अन्याय गर्‍यो,’ उनले भने ‘संविधानमार्फत हामीलाई यो देशको नागरिकको व्यवहार पनि गरिएन, त्यस कारण हामी आगामी भदौ–असोजमा यो संविधान च्यादैछौं, जलाउँदै छौँ।’ यो संविधानलाई जस्ताको त्यस्तै सवीकार्न आफूहरू कुनै पनि हालतमा तयार नरहेको उनले बताए।
 
टीकापुर घटनालाई राजनीतिक मुद्दाको संज्ञा दिँदै उनले भने ‘हामीलाई झुठा मुद्दा लगाएर ४२ महिनासम्म जेलमा कोचेर राखियो। हामी सात नम्बर प्रदेशमा बस्नै चाहँदैनो, हामीलाई यो स्वीकार्य छैन। कोही थरुहट प्रदेशदेखि आतङ्कित छन् भने भीम रावल प्रदेश राखिदिनुस्।'

चौधरीले १० हजार देखि २० हजार युवाको थारु दस्ता तयार हुनेसमेत बताए।

भदौ ७ बाट शान्तिपूर्ण आन्दोलन गर्ने र त्यसमा दमन भएमा त्यसको प्रतिकार गर्ने थारु नेताहरूले बताए छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell