PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो २८ अर्ब १६ करोडको बजेट (पूर्ण पाठ)



एम बम

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो २८ अर्ब १६ करोडको बजेट (पूर्ण पाठ)

कैलाली: कृषि, पर्यटन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिँदै सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको छ।

आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रदेशसभा बैठकमा २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट प्रस्तुत गरेका हुन्।

कुल विनियोजन मध्य चालू तर्फ १२ अर्ब ५७ करोड २६ लाख ६४ हजार ४४.६४ प्रतिशत र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार ४६.४० प्रतिशत रहेको छ।

त्यस्तै वित्तीय व्यवस्थातर्फ ४० करोड अर्थात् १.४२ प्रतिशत र अन्तर सरकारी वित्तिय हस्तान्तरण तर्फ २ अर्ब १२ करोड २१ लाख ७२ हजार अर्थात् ७.५४ प्रतिशत रहेको छ। गतबर्ष प्रदेश सरकारले २५ अर्ब ६ करोड ५६ लाख रुपैंयाको बजेट ल्याएको थियो।

प्रदेश सरकारले कृषि, सडक, खानेपानी, सिँचाई, ऊर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रम अन्तरगत नमुना कृषि गाउँ आफै बनाउँ भन्ने नाराका साथ प्रत्येक स्थानीय तहलाई ५० लाखका दरले ४४ करोड बजेट विनियोजन गरिएको छ।

गोदावरीमा राजधानी तोकिएको स्थानमा डीपीआर र आवश्यक घेरवारका लागि बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरिएको छ।

सेती अञ्चल अस्पतालमा सुविधा सम्पन्न उपकरणलगायत अन्य औषधि खरिदका लागि र ९ वटै जिल्लका अस्पतालका लागि ५ करोड बजेट विनियोजन गरिएको छ। पत्रकारहरूको क्षमता अभिवृद्धि र ५ लाखसम्मको बिमा गर्ने योजना पनि प्रदेश सरकारले अघि सारेको छ।

खेलकुदमा फाप्लाको डीपीआर तयार पार्नसमेत बजेट नियोजन गरिएको छ।

बजेटको पूर्णपाठ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell