PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

दुई सातामा दोस्रो पटक घट्यो पेट्रोल र डिजलको भाउ, प्रतिलिटर दुई रुपैयाँ सस्तो



पहिलोपोस्ट

दुई सातामा दोस्रो पटक घट्यो पेट्रोल र डिजलको भाउ, प्रतिलिटर दुई रुपैयाँ सस्तो
फाइल फोटो

काठमाडौँः नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो। 

आइतबार रातिबाट लागू हुनेगरी मूल्य समायोजन गरिएको हो। खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत नै छ। 

निगमका अनुसार अब उपत्यकामा पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ पर्नेछ। यस्तै, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ ५० पैसा कायम भएको छ। 

एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत छ। पछिल्लो दुई सातामा मूल्य समायोजन भएको यो दोस्रो पटक हो। यसअघि मूल्य एक रुपैयाँ घटाइएको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell