PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

बसबाट हामफाल्दा चितवनमा युवतीको मृत्यु



पहिलोपोस्ट

बसबाट हामफाल्दा चितवनमा युवतीको मृत्यु
प्रतीकात्मक तस्विर

चितवनः चितवनमा बसको ढोकाबाट हामफाल्दा एकको मृत्यु भएको छ। आइतबार नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु १ ख ६९९१ नम्बरको बसमा सवार रत्ननगर नगरपालिका -९ बस्ने ३७ वर्षीया बालिका आचार्यले भरतपुरको चौबीसकोठीमा बसको ढोकाबाट हामफालेकी हुन्।

उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

दुई पुरुष मृतावस्थामा फेला

चितवनका छुट्टाछुट्टै स्थानमा आइतबार दुई पुरुष मृत फेला परेका छन्। भरतपुर महानगरपालिका–१५ फूलबारीमा ८० वर्षीय रामप्रसाद तिवारी मृत फेला परेका हुन्। भरतपुर -३ बेलचोक घर भई मागेर खाँदै हिड्ने तिवारीको अपराह्न ५ः३५ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।

यस्तै आइतबार अपराह्न कालिका नगरपालिका -८ न्यूरेनीमा अन्दाजी ३०/३२ वर्षीय दुर्गाबहादुर चेपाङ मृत फेला परेका छन्। प्रहरीका अनुसार उनी सडक छेउमा मृत फेला परेका छन्। चेपाङको के कारणले मृत्यु भएको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell