PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

हेटौँडामा बस दुर्घटनामाः एकको मृत्यु, २० जना घाइते



पहिलोपोस्ट

हेटौँडामा बस दुर्घटनामाः एकको मृत्यु, २० जना घाइते

हेटौँडाः चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना ५ ख ४०१५ नम्बरको दिवासेवाको यात्रुवाहक बस हेटौँडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौँडा वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते एक महिलाको हेटौँडा अस्पतालमा मृत्यु भएको छ।

मृतकको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। सो दुर्घटनामा परी घाइते भएका २० यात्रुको हेटौँडास्थित चुरेहिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइते २० मध्ये चारको अवस्था अत्यन्तै गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell