
काठमाडौं : एएफसी कप २०१९ अन्तर्गत समूह चरणको पाँचौ खेल खेल्न नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब आज बंगलादेश जाँदैछ।
मनाङले समूह ई को पाँचौ खेलमा बंगलादेशी क्लब अबहानी लिमिटेढ ढाकासाग यही जुन १९ मा प्रतिस्पर्धा गर्दैछ।
यसअघि घरेलु मैदानमै खेलेको पहिलो खेलमा मनाङ अबहानीसँग १-० ले पराजित भएको थियो। मनाङ रिटर्न लेग खेल्न जान लागेको हो। यसअघि खेलेको चार मध्ये दुई खेल बराबरी गरेको मनाङ २ अंकसहित समूहमा पूछारमा छ। मनाङले दुई खेलमा भने हार बेहोरेको थियो।
यस समूहमा भारतीय क्लब चेन्नायीन एफसी र अबहानी ढाकाले समान ७ अंक जोडेका छन्। यस्तै अर्का भारतीय क्ल मिनेर्भा पञ्जावले ४ अंक जोडेको छ।
मनाङलाई क्लबले सोमबार बिहान बिदाई गरेको थियो। मनाङ टोली आज बेलुका बंगलादेश जाँदैछ।