PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पाटनमा श्रीनिवास मल्लको सिंहासन प्रदर्शनीमा, सिद्धिनरसिंहले रचेका ३२ राग सुनाइँदै



रोजन श्रेष्ठ

पाटनमा श्रीनिवास मल्लको सिंहासन प्रदर्शनीमा, सिद्धिनरसिंहले रचेका ३२ राग सुनाइँदै

आज जेष्ठ शुक्ल पूर्णिमा, ज्या पुन्ही। प्रत्येक वर्ष यही तिथिमा पाटन दरबार क्षेत्रमा बिहानैदेखि विशेष चहलपहल हुनेगर्छ।

मानिसहरु कृष्ण मन्दिर अगाडि मल्ल राजा श्रीनिवास मल्लको सिंहासन हेर्न र सिद्धिनरसिंह मल्लले रचेको शास्त्रीय संगीत सुन्न पुग्छन्।

सिंहासनसँगै सिद्धिनरसिंह मल्लको पालाको पौभा चित्रसमेत प्रदर्शनमा राखिएको छ। ती पौभामा सिद्धिनरसिंहका भजन लेखिएको स्थानीय बताउँछन्।

आजको दिन सिद्धिनरसिंह मल्लले लेखेका 'मेघ मल्हार' (मेघराग) सहित ४०० वर्ष अघि सिद्धिनरसिंह मल्लले रचेका ३२ रागको परम्परागत शास्त्रीय संगीत पनि प्रस्तुत गर्ने गरिन्छ।

'मेघ मल्हार' गाउँदा पानी पर्ने जनविश्वास रहेको छ।

सिद्धिनरसिंहले वर्षकै सबै भन्दा लामो दिनका रुपमा लिइने 'ज्या पुन्ही' को अवसरमा पाटनको कार्तिक डबलीमा दाफा भजनसहित शास्त्रीय संगीत महोत्सव आयोजना गर्ने परम्पराको सुरुवात गरेको स्थानीय बताउँछन्।

अरु दिन भने सिंहासन र पौभा पाटन दरबारभित्र सुरक्षित तरिकाले राखिने गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell