PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

सुरक्षाकर्मीको जस्तै पाकेटमारको पनि आफ्नै 'कोड वर्ड'



पहिलोपोस्ट

सुरक्षाकर्मीको जस्तै पाकेटमारको पनि आफ्नै 'कोड वर्ड'

काठमाडौं : राजधानीमा चोरीमा सक्रिय समूहले आफ्नो कोड वर्ड बनाएका छन् – ध्रुव दाइ। यो समूहले कुनै पनि पैसा भएको व्यक्ति पहिचान गरे भने त्यसलाई 'ध्रुव दाइ' शब्द प्रयोग गर्छन्।

चोरहरुको झुन्डमा रकमवाला व्यक्ति नोटिस हुन्छ। त्यसपछि सुरु हुन्छ पिछा गर्नेक्रम। आफूलाई अनुकूल पर्ने ठाउँमा पुगेपछि यो समूह थप सक्रिय हुन्छ र लुटपाट मच्चाउँछ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आइतवार राजधानीबाट ८२ जना पाकेटमारलाई पक्राउ गरेको छ। सांकेतिक भाषा अरुले नबुझ्ने र आफ्नै समूहका सदस्यले मात्र जानकारी पाउने हुदा पाकेटमारले सांकेतिक भाषा प्रयोग गर्ने गरेको परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए।

पाकेटमारले प्रयोग गर्ने सांकेतिक भाषा

पैसा - द

मोवाइल - कान

पकेटमारी पीडित - रामे

पकेटमारी गर्ने (मास्टर) – काशी

 पैसा धेरै छ - टानको द  पैसा थोरै छ जुटको द

गाडी - कांचा

केटा – छापा

केटी - भद्री पुलिस आयो ठल्दाइ आयो

ड्राइभर – माम

खलासी- मले

गाडीबाट झरेर भाग-  टप्की

गाडीभित्र अगाडि सर - अकल जा

गाडी भित्र पछाडि सर - चिछल जा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell