
काठमाडौं: मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले त्रिभूवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ।
'आज हामीले त्रिवि सेवा आयोगको मुल गेटमै तालाबन्दी गरेका छौं,' रिले अनशनमा रहेका संघर्ष दाहालले भने। कर्मचारी नियुक्तिका लागि लिएको परीक्षामा धाँधली भएको र पदाधिकारीहरुले आफ्नाआफन्तहरुलाई नियतबस उत्तीर्ण गराएको आरोप लगाउँदै क्रान्तिकारीले आयोगको मुलगेटमा तालाबन्दी गरेको हो।
अखिल क्रान्तिकारीले कर्मचारी नियुक्ति खारेजीको माग गर्दै आन्दोलन गरिरहेको छ। २९ दिनदेखि नियमित त्रिवि परिसरमा रिले अनसनमा बसेका अखिल क्रान्तिकारीका विद्यार्थीले आज बिहान आयोगको मुल गेटमा नै तालाबन्दी गरेको संगठनका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिए।
सेवा आयोगले लिएको उप प्रशासकदेखि सवारी चालकसम्मका पदमा नियुक्तिका लागि लिइएको परीक्षामा आयोगका पदाधिकारीहरुले नातेदारहरुलाई मात्रै उत्तीर्ण गराएको संगठनले लगाएको छ।