A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a72f2c67805e2.14988505): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a72f2c67805e2.14988505,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

राउटे वस्तीमा फोटो - भिडियो खिच्दा शुल्क लाग्ने : मोबाइलले खिचे एक सय, क्यामेराले खिचे एक हजार
PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

राउटे वस्तीमा फोटो - भिडियो खिच्दा शुल्क लाग्ने : मोबाइलले खिचे एक सय, क्यामेराले खिचे एक हजार



पी बी खड्का

राउटे वस्तीमा फोटो - भिडियो खिच्दा शुल्क लाग्ने : मोबाइलले खिचे एक सय, क्यामेराले खिचे एक हजार

सुर्खेत: कर्णाली प्रदेश सरकारले फिरन्ते जीवन विताउँदै आएका राउटेलाई नागरिकता दिने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले राउटे समुदायका नागरिकलाई नागरिकता दिने भएको हो।

गत वर्ष दैलेखको गुराँस गाउँपालिकाले वितरण गरेको परीचय पत्रको आधारमा उनीहरुलाई नागरिकता वितरण गरिने सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर विकेले जानकारी दिए।

‘सरकारी काम काजसँगै सामाजिक सुरक्षा रकम वितरण गर्न सहज भएको छ।’ उनले भने,‘त्यसो भएर हामीले सरोकारवालासँगको सल्लाह भएअनुसार नै गाउँपालिकाले वितरण गरेको परिचय पत्रको आधारमा नागरिकता वितरण गर्ने निर्णय गरेका छौँ।’

हल बस्दै आएको गुराँस गाउँपालिकाको ठेगानाकै स्थायी नागरिक हुने उनको भनाई छ। सामाजिक विकास मन्त्रालयकै सहकार्य समन्वयमा गुराँस गाउँपालिकाले गत वर्ष गाउँपालिका–८ गर्चाखोला स्थायी ठेगाना राखेर परीचय पत्र वितरण गरेको थियो।

अहिले राउटे समुदाय सोही गाउँपालिका–५को कान्छीबजारमा बस्दै आएका छन्। हाल राउटेको संख्या ६० वर्षमाथिका २५ जना छन् भने, ६४ जना बालबालिका गरी १४६ जना रहेका छन्।

 

राउटे बस्ती प्रवेशमा शुल्क

अवदेखि राउटे वस्तीमा प्रवेश गर्न शुल्क तिर्नुपर्ने छ। गुराँस गाउँपालिकाले राउटे समुदायको संरक्षण र प्रवर्धनका लागि शुल्क असुल्न थालेको छ। राउटेको अस्तित्व मेटिदै जान थालेको भन्दै गाउँपालिकाले उनीहरुको संरक्षणकै लागि शुल्क लिने गरेको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए।

‘बाह्य मान्छे राउटे बस्तीमा मनपरी र जथाभावी प्रवेश गर्दा उनीहरुको संस्कार, रीतिथिति विस्तारै हराउँदै गएको हामीले पाएका छौँ।’ उनले भने,‘व्यवस्थित र राउटे समुदायको संस्कारलाई थप मेटिन नदिन थोरै भएपनि बस्ती प्रवेश शुल्क निर्धारण गरेका छौँ। शुल्कबाट संकलन भएको रकम राउटे समुदायकै पहिचान, संस्कार र संरक्षणमा खर्चिन्छौँ।’

अहिले गाउँपालिकाले खुलाचौरमा बस्दै आएका राउटे समुदायलाई डोरीले घेरा लगाएको छ। सोही घेराभित्र प्रवेश गर्ने नागरिकबाट निर्धारण गरिएको शुल्क उठाउन गाउँपालिकाले दुई जना कर्मचारी व्यवस्था गरेको छ।

निर्धारण गरेको दर यस्तो छ

गाउँपालिका भित्रको नागरिक प्रतिव्यक्ति – रु १०

नेपाली नागरिक प्रतिव्यक्ति – रु २०

विदेशी नागरिक प्रतिव्यक्ति – रु ५००

अडियो, भिडियो, डकुमेन्ट्री मोबाइल – रु १००

अडियो, भिडियो क्यामेराका लागि – रु १०००



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell