PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

कोपा अमेरिका : भर्गासको दुई गोलमा चिलीको फराकिलो जित



पहिलोपोस्ट

कोपा अमेरिका : भर्गासको दुई गोलमा चिलीको फराकिलो जित

डिफेण्डिङ च्याम्पिनय चिलीले कोपा अमेरिका २०१९ को उपाधि रक्षा अभियानमा शानदार सुरुवात गरेको छ। ब्राजिलमा भइरहेको प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा चिलीले एसियाली राष्ट्र जापानलाई ४-० ले पराजित गरेको हो।

सन् २०१५ र २०१६ को विजेता चिलीका लागि एडुअर्डो भर्गासले दुई गोल गरे भने एरिक पुलगार र एलेक्स सान्चेजले एक-एक गोल गरे।

जितपछि चिली ३ अंक जोड्दै समूह सी को पहिलो स्थानमा छ। इक्वेडरलाई ४-० ले नै पराजित गरेको उरुग्वे दोस्रो स्थानमा छन्।

प्रतियोगितामा भोली बिहान समूह ए को दुई खेल हुनेछ। जसमा बोलिभिया र पेरुबीचको खेल बिहान नेपाली समयअनुसार ३:४५ बजे सुरु हुनेछ भने घरेलु टोली ब्राजिलले भेनेजुएलासँग बिहान ६:१५ बजे खेल्नेछ।

ब्राजिलले पहिलो खेलमा बोलिभियालाई पराजित गरेको थियो भने पेरु र भेनेजुएलाले बराबरी खेलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell