PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

बौद्धको समता अस्पतालमा कार्यरत युवती अस्पतालमै झुन्डिएको अवस्थामा फेला



पहिलोपोस्ट

बौद्धको समता अस्पतालमा कार्यरत युवती अस्पतालमै झुन्डिएको अवस्थामा फेला

काठमाडौँः बौद्धस्थित समता अस्पतालमा एक युवती झुन्डिएको अवस्थामा फेला परेकी छिन्। रामेछाप दोरम्बा घर भएकी २७ वर्षीय बिमला तामाङ झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

अस्पतालको शैचालय नजिकैको स्थानमा झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

बोगटीले भने ‘सलको पासो बनाएर झुन्डिएको फेला परेको छ। घटनाको थप अनुसन्धान गर्दैछौं।‘

मृतक तामाङ अस्पतालकी कर्मचारी समेत हुन्। उनी अस्पतालमा क्लिनरको रुपमा काम गर्दै आएको अनुसन्धानमा खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell