PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

भारतीय किशोरी र उसलाई भगाउने युवक लिन आएका तीन भारतीय प्रहरी पक्राउ



पहिलोपोस्ट

भारतीय किशोरी र उसलाई भगाउने युवक लिन आएका तीन भारतीय प्रहरी पक्राउ
गुगल इमेज

काठमाडौं : नेपाल प्रहरीले तीन जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ।

अछाम प्रहरीले सोमबार तीन जना भारतीय प्रहरीलाई नियन्त्रण लिएको हो। भारतको छत्तिगढ प्रहरी कार्यालयका प्रहरी महानिरीक्षक कार्यालयमा बिलासपरमा कार्यरत सई अशोक पाण्डे, हवल्दार खगेश राठोर र जवान लक्ष्मी पटेलकालाई अछाममा नियन्त्रणमा लिइएको हो।

‘अनुमति नलिई बालिका र युवकलाई लैजान लागेको सूचना पाएपछि हामीले नियन्त्रण लिएका हौँ,' जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख (सिडिओ) भोजराज श्रेष्ठले भने।

सोमवार भारतीय प्रहरी बन्नीगढी जयगढ गाउँपालिकामा पुगेर एक भारतीय किशोरी र युवकलाई लैजाने प्रयास गरेको थियो।

किन अछाम पुग्यो भारतीय प्रहरी?

भारतको कोरबा छत्तिसगढ शान्तिनगर वडा नम्बर ७ भारत बस्ने ३८ वर्षीय उर्मिला राठौरकी १५ वर्षीया छोरी काजल राठोर हराइन्। हराएको ७ दिनपछि अप्रिल ८, २०१९ मा उर्मिलाले दीपिका थान कोरबार छत्तिसगढमा बालिका हराएको भन्दै उजुरी दर्ता गराइन्।

उजुरीमा बालिका अछामका केशव सोनीले भगाइ लगेको उल्लेख गरिएको प्रहरीको अनुसन्धनमा देखिएको छ। १९ वर्षीय केशव केही समयदेखि भारतमा काम गर्दै आएका थिए।

उजुरी परेपछि खोजतलास गर्न भन्दै भारतीय प्रहरी सोमवार आछाम आइपुगेको थियो। उनीहरू रुपैडिया नाका हुँदै नेपाल छिरेका थिए। ‘हामीले गृह मन्त्रालयमा पत्रचार गरिसकेका छौं। गृहबाट के जानकारी आउँछ त्यही अनुसार प्रहरीलाई कारबाही अगाडी बढाउँछौं,' प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell