PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

समता अस्पताल तनावग्रस्त, मृत फेला परेकी युवतीको विषयलाई लिएर प्रदर्शन

समता अस्पताल तनावग्रस्त, मृत फेला परेकी युवतीको विषयलाई लिएर प्रदर्शन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः बौद्धस्थित समता अस्पतालमा एक युवती झुन्डिएको अवस्थामा फेला परेको विषयलाई लिएर आफन्त तथा स्थानीयले प्रर्दशन गरेका छन्। युवतीको आत्महत्या नभएर हत्या भएको भन्दै छानबिन गर्न मागसहित उनीहरुले नाराबाजी गरेका हुन्।

आज बिहान अस्पताल परिसरभित्र रामेछाप दोरम्बा घर भएकी २७ वर्षीया बिमला तामाङ झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

तामाङ्को शव अस्पतालको शौचालय नजिकैको स्थानमा झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

बोगटीले भने ‘सलको पासो बनाएर झुन्डिएको फेला परेको छ। घटनाको थप अनुसन्धान गर्दैछौं।‘

मृतक तामाङ अस्पतालकी कर्मचारी समेत हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell