PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

मोर्गनको कीर्तिमानी शतकमा इंग्ल्याण्डको शानदार जीत, अफगानिस्तान १५० रनले पराजित



पहिलोपोस्ट

मोर्गनको कीर्तिमानी शतकमा इंग्ल्याण्डको शानदार जीत, अफगानिस्तान १५० रनले पराजित

विश्वकप क्रिकेट अन्तर्गत गएरातिको खेलमा आयोजक इंग्ल्याण्डले अफगानिस्तानमाथि फराकिलो जीत हासिल गरेको छ। जारी विश्वकपमा सबैभन्दा फराकिलो जीत हात पारेको इग्ल्याण्डले अफगानिस्तानलाई १५० रनले पराजित गर्‍यो।

३९८ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तान २४७ रनमा समेटिएको हो। अफगानिस्तानका लागि हस्मतल्लाह साहिदीले ७६ रन जोेडे पनि जीतका लागि पर्याप्त भएन। अफगानिस्तानका लागि राहमत साहले ४६ रन जोडे।

अफगानिस्तानलाई २४७ रनमा समेट्ने क्रममा इंग्ल्याण्डका जोफ्रा आर्चर र आदिल रसिदले ३/३ विकेट लिए।

म्यान्चेस्टरमा टस जितेर पहिले ब्याटिङ गरेको इग्ल्याण्डले जारी प्रतियोगिताको सबैभन्दा उच्च स्कोर बनायो। जसमा कप्तान इयोन मोर्गनले कीर्तिमानी ब्याटिङ गरे। मोर्गनले १४८ रन बनाए। सीमित ओभरको खेलमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको कीर्तिमान उनले बनाएका छन्। इनिङ्समा मोर्गनले १७ छक्का प्रहार गरे। यसअघि भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका एबी डिभिलियर्स र वेष्ट इन्डिजका क्रिस गेलले समान १६ छक्का प्रहार गरेका थिए।

इंग्ल्याण्डको इनिङ्समा ओपनर जोनी बेस्ट्रोवले ९० र जोए रुटले ८८ रन थपे।

बलिङमा अफगानिस्तानका दवलत जार्दानले ३ विकेट लिए। स्टार बलर रसिद खान सर्वाधिक महङ्गा सावित भए। रसिदले ९ ओभरमा ११० रन खर्चिएर पनि विकेट लिन सकेनन्।

जीतसँगै ५ खेलबाट ८ अंक जोडेको इंग्ल्याण्ड शीर्ष स्थानमा उक्लिएको छ। समान खेलमा र ८ अंक नै रहेको अस्ट्रेलिया रनरेटका आधारमा दोस्रो स्थानमा छ। पाँचवटै खेल हारेको अफगानिस्तान अंकतालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell