PahiloPost

Feb 4, 2025 | २२ माघ २०८१

हुम्ला दुर्घटना अपडेटः हराइरहेका यात्रुको अवस्था अझै यकिन भएन, गोताखोर नहुँदा खोज्न समस्या



पहिलोपोस्ट

हुम्ला दुर्घटना अपडेटः हराइरहेका यात्रुको अवस्था अझै यकिन भएन, गोताखोर नहुँदा खोज्न समस्या

सुर्खेतः हुम्लामा यात्रुवाहक जिप कर्णालीमा खस्दा हराइरहेका यात्रुहरूको अवस्था अझै यकिन भएको छैन। मङ्गलवार दिनभर खोजी गरिए पनि अवस्था यकिन नभएको हो। गोताखोर नहुँदा उद्धार कार्यमा समस्या भएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए।

मङ्गलवार हुम्लाको तल्लोखार्पुबाट सदरमुकामतर्फ आउँदै गर्दा लु १ ज ७१६६ नम्बरको जिप खार्पुनाथ गाउँपालिकाको वडा ५ मा करिब ४५ मिटर तल नदीमा खसेको थियो।

दुर्घटनामा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल (शाही), चालक मणि शाही, स्थानीय चन्द्र हमाल, नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह, कौरा दमाई र उनका दुई वर्षका छोरा गोकुल सुनार र काठमाडौँ थानकोटका मिस्त्री राजु श्रेष्ठ बेपत्ता भएका छन्।

मंगलबार दिउँसो १२ बजेको आसपासमा घटना भए पनि कठिन भूगोल र  पानीको उच्च बहावका कारण खोजी कार्य प्रभावकारी भएको छैन।

 

सम्बन्धित समाचारः-

कर्णालीमा जिप खस्दा बैठकमा हिँडेकी गाउँपालिका उपाध्यक्ष हमालसहित सबै यात्रु बेपत्ता, 'खोलामा झोलाबाहेक केही देखिन्नँ'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell