
काठमाडौं : नेपालगन्जमा गत चैत/बैशाखमा भएको बृहत आठौं राष्ट्रिय खेलकुदका लागि निर्माण गरिएको पौडी पोखरी दुई महिनापछि उद्घाटन हुने भएको छ।
चैत २७ देखि बैहाख ११ सम्म भएको आठौंमा पौडीका खेलहरु नेपागन्ज रंगशालमा परिसरको उक्त पोखरीमा आयोजना गर्ने भनिएको थियो। तर तोकिएको समयमै काम सम्पन्न हुन नसकेपछि पौडीको स्पर्धा त्यहाँबाट होटलमा सारिएको थियो।
आठौं सम्पन्न भएको दुई महिनापछि बल्ल उक्त पौडी पोखरीको उद्घाटन हुन लागेको हो।
बिहीवार प्रदेश नम्बर ५ खेलकुद विकास समितिले पोखरीको उद्घाटन गर्ने तयारी गरेको छ।
पौडी पोखरीमा पानी भर्ने लगायत सम्पूर्ण काम सकिएको र बिहीवार औपचारिक उद्घाटन हुने प्रदेश नम्बर ५ खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले जानकारी दिए।